शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम २ अर्बमा सिमित

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम २ अर्बमा सिमित


काठमाडौं– साताको शेयर कारोबारको दोस्रो दिन पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सोमबार १५ दशमलव ६२ अंकले घटेको हो । १५ अंकले घटेको नेप्से १९५८ दशमलव ७५ विन्दुमा पुगेर बन्द भएको छ ।

आज ३१० वटा कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज ६२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

त्यस्तै, आज बोटलर्स नेपालको शेयर मूल्य सर्वाधिक ९.०३ प्रतिशतले बढेर १४ हजार ६९ रुपैयाँ पुगेको छ, माउन्टेन हाइड्रो नेपाल लिमिटेडको ८.५२ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ५.१३, दिब्यश्वरी हाइड्रोपावरको ४.९२ र बाराही हाइड्रोपावरको ४.०५ प्रतिशतले बढेको छ।