प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा २०० रुपैयाँले बढेको हो । मूल्य बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ पुगेको छ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य एक लाख ३४ हजार ९५० रुपैयाँ रहेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।