स्वास्थ्यकर्मीलाई २५ लाख बराबरको बीमा, स्वयंसेवीलाई १५ सय भत्ता

स्वास्थ्यकर्मीलाई २५ लाख बराबरको बीमा, स्वयंसेवीलाई १५ सय भत्ता


बैकिङ्ग समाचार । 

कोभिड–१९ का विरामीको उपचारमा खट्ने सबैका लागि २५ लाख बराबरको बीमा गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ । 
राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई शत प्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ। आवश्यक सुरक्षा उपकरणको व्यवस्थासहित २५ लाख बराबरको बीमाको व्यवस्था रहने सरकारी घोषणा छ । 

चिकित्सक टोलीसँगै अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरु, राष्ट्रसेवक कर्मचारीहरु, ड्राइभर, हेल्पर, सफाई कर्मचारी लगायत कोरोना भाइरसका विरुद्धको उपचारमा संलग्न सबै श्रमिकहरुको भूमिका चिकित्सकीय टीमका सदस्य सरह नै महत्वपूर्ण हुने हुँदा सोही सरह भत्ता÷बीमा सहित सरकारले समग्र सुरक्षाको बन्दोवस्त गरेको सरकार बताउँछ । 

साथै यस अभियानमा परिचालन हुने समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरुलाई रु। १ हजार ५ सय भत्ताको थप व्यवस्था गरिएको पनि उनले जानकारी दिए । जनताले जिम्मेवारीपूर्वक निर्वाह गरेको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको प्रधानमन्त्री तथा मन्त्रीहरु बताउँछन् ।