राष्ट्रिय वाणिज्य बैंकको सीइओमा पुनः किरणकुमार श्रेष्ठ नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीइओमा पुनः किरणकुमार श्रेष्ठ नियुक्त


बैकिङ्ग समाचार । 

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनस् किरणकुमार श्रेष्ठ नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बिहीबारको बैठकले किरणकुमार श्रेष्ठलाई दोस्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो। यो सँगै अब उनको कार्यकाल चार वर्ष थप भएको छ ।

सीइओ श्रेष्ठको पहिलो कार्यकाल यही चैत २९ गते सकिँदै थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंकका सिइओ तथा सञ्चालक समितिका सदस्यले बढीमा दुई कार्यकाल काम गर्न सक्ने व्यवस्था छ।

श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको सिइओ हुनु अघि नेपाल बैक लिमिटेडमा महाप्रवन्धकको जिम्मेवारी सम्हालिसकेका थिए। श्रेष्ठ नेपाल व्यवस्थापन संघको अध्यक्ष छन् भने बीमा समितिमा समेत संचालक रहेका छन् ।