परिपक्क निक्षेपको नविकरण गर्नुपर्ने छ ? घरमै बसेर यसरी गर्न सकिन्छ 

परिपक्क निक्षेपको नविकरण गर्नुपर्ने छ ? घरमै बसेर यसरी गर्न सकिन्छ 


बैकिङ्ग समाचार । 
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेको आज १४ दिन भएको भएको छ । यस्तो अवस्थामा कसैलाई पनि घरबाट बाहिर ननिस्कन सरकारले सबैलाई आग्रह गरेको छ । यस्तो अवस्थामा तपाईहरुलाई बैंक तथा वित्तिय संस्थामा पर्ने अति आवश्यक काम कारवाहीहरु गर्नका लागि बैंकहरुले मोवाइल बैंकिङलाई बढ्वा दिइरहेका छन् ।  घरबाट बाहिर निस्कन नमिले पनि बैंक वित्तीय संस्थामा राखेको निक्षेप परिपक्क भएको छ भने नविकरण गर्न सकिने भएको छ ।

घरवाट निस्केर बैंकसम्म पुग्न नसकेपनि बैंकमा राखेको निक्षेप परिपक्क भएको अवस्था छ भने फोन वा इमेल मार्फत बैंकमा सम्पर्क गरेर नविरण गर्न सकिने व्यवस्था गरेको बैंकर्स संघले जनाएको छ ।

संघले ग्राहकहरु बैंकमा पुग्न नसक्ने भएकाले परिपक्क हुने र भएको मुद्दती निक्षेपको नविरकण बैंकमा रजिष्टर गरीएको इमेल वा फोन मार्फत अनुरोध गर्न सकिने जनाएको छ ।