बिहीबार ७ वाणिज्य बैंकका शाखा खुल्दै, कुन स्थानमा कुन बैंक ?

बिहीबार ७ वाणिज्य बैंकका शाखा खुल्दै, कुन स्थानमा कुन बैंक ?


बैंकिङ्ग समाचार । 

कोरोना संक्रमणबाट लड्न सरकारले गरेको तीन साताव्यापी लकडाउनको सत्रौं दिन चैत २७ गते बिहीबार निजी क्षेत्रको प्रभु, नबिल, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई, एनआईसी एशिया, एनएमबि र एनसीसी बैंकले आफ्ना विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छन्।

बैंकहरुले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।

साथै बैंकहरुले लकडाउनको समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग (मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम) प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छन्।

साथै यो विषम परिस्थितिमा एक बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा तथा कनेक्ट आईपीएस सेवाबाट रकम ट्रान्सफर गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ।