शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्बमाथि

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्बमाथि


काठमाडौं– साताको तेस्रो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज शेयर बजार २५.९३ अंकले बढेर २००६ को विन्दुमा पुगी बन्द भएको हो ।

आज ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम रु. ४ अर्ब ८० करोड ४४ लाख रुपैयाँ पुगेको छ । साथै २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ को शेयर मूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर छ ।

दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ आज कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनीटि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।