एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने समय पुन: थप

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने समय पुन: थप


बैकिङ्ग समाचार ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने समय पुन: थप भएको छ।

सरकारले चैत ११ गतेदेखि बैशाख ३ गतेसम्म नोबेल कोरोनाभाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा संचालनमा रोक लगाउने थप अवधिको घोषणा थप भएकोले लगानीकर्ताहरुको हितलाई मध्येनजर गर्दै कम्पनीले समय बढाएको हो।

कम्पनीले एक सूचना जारी गर्दै परिस्थिती सहज भएपश्चात आवश्यकता हेरी नियमन निकायको स्विकृती लिई उक्त शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला तथा बन्द सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरिने जनाएको छ।

एनएलजीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा प्रति शेयर १०० रुपैयाँ अंकित दरको १० शेयर बराबर नयाँ ६ शेयर (१०:६) को अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो।

हकप्रदमा माघ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लि.मा कारोबार भई कायम साविक शेयरधनीले आवेदन दिन पाउनेगरि शेयर फागुन २२ गते देखि चैत १२ गतेसम्म निष्काशन गरिएको थियो।

यसअघि कम्पनीले चैत २७ गतेसम्म हकप्रद निष्काशनको लागि दरखास्तदिने म्याद थप गरेको थियो। सरकारले फेरि एक साता लकडाउन अवधि थपेपछि कम्पनीले पुन म्याद बढाएको हो।