बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
लघुवित्तले मंसिर २४ गते, शुक्रबार, होटल वाटर टावर, विदुर, नुवाकोटको सभाकक्षमा नवौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया