कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४०० नाघ्यो, १५ लाख १७ हजार संक्रमित

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४०० नाघ्यो, १५ लाख १७ हजार संक्रमित


एजेन्सी, ,

विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये बिहीबार बिहान ७ बजेसम्म ८३ हजार ४४१ जनाको ज्यान गएको छ । १५ लाख १७ हजार भन्दा धेरै मानिस संक्रमत भएका छन् भने ३ लाख २९ हजार उपचारपछि निको भएका छन् ।

दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट अझैपनि १० लाख ५४ हजार बढीमा संक्रमण छ। जसमध्ये ४८ हजार ९२ जनाको अवस्था संवेदनशील रहेको छ। १० लाख ५० हजारको अवस्था मध्यम रहेको छ।

गएको २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार ३९८ जनाको ज्यान गएको छ भने ८३ हजार ४५७ जना नयाँ बिरामी थपिएका छन् ।

गएको २४ घण्टामा अमेरिकामा मात्रै १ हजार ९२६, बेलायतमा ९३८, स्पेनमा ७४७ जनाको ज्यान गएको छ। इटाली ५४२, फ्रान्स ५४१, जर्मनी ३३३, बेल्जियम २०५, नेदरल्याण्ड १४७, ब्राजिल १३४, इरान १२१, स्वेडनमा ९६ जनाको मृत्यु भएको छ।

इटालीमा सबैभन्दा धेरै कूल १७ हजार ६६९ बढीको ज्यान गएको छ भने स्पेनमा १४ हजार ७९२, अमेरिकामा १४ हजार ७७४ जनाको ज्यान गएको छ । यस्तै फ्रान्समा १० हजार ८६९, बेलायतमा ७ हजार ९७, इरानमा ३ हजार ९९३, चीनमा ३ हजार ३३३, जर्मनी २ हजार ३४९, नेदरल्याण्डमा २ हजार २४८ जना, बेल्जियममा २ हजार २४० र स्वीजरल्याण्डमा कूल ८९५ जना धेरैको ज्यान गएको छ ।

बिहीबार बिहान ७ बजेसम्म शक्तिशाली राष्ट्र अमेरिकामा कूल संक्रमितको संख्या ४ लाख ३४ हजार नाघेको छ। स्पेनमा १ लाख ४८ हजार, इटाली १ लाख ३९ हजार, जर्मनी १ लाख १३ हजार, फ्रान्समा १ लाख १२ हजार, चीन ८१ हजार ८००, इरान ६४ हजार, बेलायत ६० हजार, टर्की ३८ हजार, बेल्जियम २३ हजार, स्वीजरल्याण्ड २३ हजार, नेदरल्याण्ड २० हजार, क्यानडा १९ हजार, ब्राजिल १६ हजार, पोर्चुगल १३ हजार, अष्ट्रिया १२ हजार, र दक्षिण कोरीयामा १० हजार बढी व्यक्तिमा कोभिड १९ को संक्रमण फैलिएको वल्डमिटरले जनाएको छ।