कुमारी बैंकले राख्यो लगभग ६ लाख कित्ता शेयर बिक्रीमा

कुमारी बैंकले राख्यो लगभग ६ लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं–कुमारी बैंकले लगभग ६ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूह तर्फको ५ लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा राखेको हो।

हाल विद्यमान संस्थापक शेयरधनीका लागि मात्र बिक्रीमा राखिएको शेयर खरिदका लागि लागि ३५ दिनको म्याद तोकिएको बैंकले जनाएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको म्यादभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय वा काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरु खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ। शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।