जीवन बीमा कम्पनीको व्यापार १ खर्ब १० अर्ब माथि, नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि

जीवन बीमा कम्पनीको व्यापार १ खर्ब १० अर्ब माथि, नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि


काठमाडौं- नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले यो ९ महिनामा १ खर्ब १० अर्ब रुपैयाँ ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ। कम्पनीले २९ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
दोस्रोमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले १२ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले रहेको छ । यो ९ महिनाको अवधिमा १२ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, हिमालयन लाइफले १२ अर्ब ३३ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ। सूर्यज्योति लाइफले ६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा एशियन लाइफले ५ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ। साथै राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यस्तै, मेट लाइफले ४ अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब २९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी, सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सिटिजन लाइफले ४ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।