जीवन लघुबीमाको व्यवसाय ७ करोड ८८ लाख , क्रेष्ट माइक्रो लाइफ अग्रस्थानमा

जीवन लघुबीमाको व्यवसाय ७ करोड ८८ लाख , क्रेष्ट माइक्रो लाइफ अग्रस्थानमा


काठमाडौं–लघु जीवन बीमकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पौने ८ करोड रुपैयाँ माथिको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ लघु जीवन बीमकले यो ९ महिनाको अवधिमा रु. ७ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

तथ्यांकअनुसार सबैभन्दा बढी व्यापार क्रेष्ट माइक्रो लाइफले गरेको छ । कम्पनीले ९ महिनाको अवधिमा ८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यसैगरी, गार्डियन माइक्रो लाइफले पनि समीक्षा अवधिसम्म रु. २ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। लिबर्टी माइक्रो लाइफले चैतसम्म रु. १ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।