राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ्ग प्रणालीबाट तान्यो ३५ अर्ब

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ्ग प्रणालीबाट तान्यो ३५ अर्ब


काठमाडौं–नेपाल राष्ट्र बैंकले बिहीबार अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ तानेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा तानेको हो ।

यसको बोलकबोल आज दिउँसो ३ बजे भएको हो । यो १४ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी चैत २२ गते गरिनेछ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी भएका थिए ।