आगलागी पीडितलाई पालिकाको राहत

आगलागी पीडितलाई पालिकाको राहत


नवलपरासी – पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका—६ का आगलागी पीडित एघार परिवारलाई नगद राहत दिइने भएको छ । गत शुुक्रबार दिउँसो लागेको आगलागीबाट घरबारविहीन भएका परिवारलाई नगद राहत दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुुद्धप्रकाश पौडेलले जानकारी दिए।

उनका अनुसार घर जलेर पूर्णक्षति भएकापरिवारलाई प्रतिपरिवार रु. ७० हजार, आंशिक क्षति भएकालाई रु. ४० हजार र कम क्षति भएकालाई अवस्था हेरेर नगद राहत उपलब्ध गराइने निर्णयभएको छ।

एउटा पसलमा लागेको आगो अन्य घरमा सल्किएको थियो। आगलागीबाट चार घरमा पूर्ण क्षति भएका र अन्य घरमा पनि क्षति पुगेको पालिकाको वडा नं ६ निवासी चन्ना धोवीले बताए। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुुरेश पन्थीले आगलागीबाट क्षति भएका परिवारलाई उचित राहतका लागि पहल भइरहेको बताए।