पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन : डा. महत

पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन : डा. महत


काठमाडौं–पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले १६औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन्। बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै महतले देशमा राजनीतिक अस्थिरता भइरहेसम्म सो योजनाले पूर्णता नपाउने बताउँदै आगामी आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै आर्थिक वृद्धि हुने औंल्याए ।

उनले पञ्चवर्षीय योजनाले समेटेका लक्ष्यलाई प्राप्त गर्न र समृद्ध नेपाल तथा सुखी नेपाल बनाउनका लागि अड्चनहरूको पहिचान गर्न आवश्यक रहेको भनाइ राखे । उनले भने, ‘जबसम्म प्रशासनमा स्थायित्व रहन्छ, तब राजनीतिक तह पनि स्थायी हुन्छ। हाम्रो प्रशासनतन्त्रमा सरुवाको एभ्रेज आयु र राजनीतिक तहको आयु हेर्ने हो भने उस्तै छ । यसले समग्र हाम्रो ग्रोथ, आर्थिक विकासको लक्ष्य निर्धारण गरेको हुनाले त्यसमा ठूलो प्रभाव पारिरहेको छ।’