कोरोनाको कहरः ३ लाख बढी उपचारपछि निको, ८२ हजारले ज्यान गुमाए 

कोरोनाको कहरः ३ लाख बढी उपचारपछि निको, ८२ हजारले ज्यान गुमाए 


एजेन्सी, 

विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये तीन लाखभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् भने ८२ हजार २ सय ७४ जनाको ज्यान गएको छ ।

दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट १४ लाख २५ हजार सात सय १६ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये तीन लाख एक हजार आठ सय २८ जना उपचारपछि निको भएका छन् । १० लाख ४१ हजार ९ सय २० जनाको उपचार भइरहेको छ ।

गएको २४ घण्टामा विश्वका विभिन्न देशमा सात हजार तीन सय १४ जनाको ज्यान गएको छ भने ७९ हजार ६ सय ८० जना नयाँ बिरामी थपिएका छन् ।

गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै दुई हजार जनाको ज्यान गएको छ । एक हजार ९ सय १९ जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या साढे १२ हजारभन्दा धेरै भएको छ । ३ लाख ९५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

यस्तै फ्रान्समा पनि एकैदिन एक हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा ज्यान गुमाउनेको संख्या १० हजार भएको छ । इटलीमा १७ हजारभन्दा धेरै, स्पेनमा १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।