सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – बिहीबार नेपााली बजारमा सुनको मूल्य घटेको छ । बुधबार ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार २०० रुपैयाँले घटेको हो। आज छापावाल सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा खरिद–बिक्री भएको थियो। यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १६ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदी प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।