सूर्योदय वोमी लघुवित्तको ६८ हजार बढी कित्ता शेयर लिलामीमा

सूर्योदय वोमी लघुवित्तको ६८ हजार बढी कित्ता शेयर लिलामीमा


काठमाडौं–सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६८ हजार ८०५ कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर आजदेखि लिलामीमा राखेको हो ।

हाल विद्यमान संस्थापक शेयरधनीसँगै जो–कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरिद आवेदन दिन पाउने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य खुलाई बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

वैशाख २१ गते बोलपत्र पेश गर्ने अन्तिम मिति रहेको छ । इच्छुकले कार्यालय समयभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै एनआईसी एशिया बैंकका शाखा कार्यालयहरुमा बोलपत्र पेश गर्नुपर्नेछ ।