काठमाडौं– ललितपुरको ग्वार्काेस्थित ननस्टफ डान्सबारबाट १३ जना जुवाडे पक्राउ परेका छन्। डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो।
जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।



About Us
प्रतिक्रिया