युनिक नेपाल लघुवित्तले राख्यो करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

युनिक नेपाल लघुवित्तले राख्यो करिब डेढ लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं–युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूह तर्फको १ लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा राखेको हो।

हाल विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र बिक्रीमा राखिएको सो कित्ता खरिदका लागि ३५ दिनको अवधि तोकिएको संस्थाले जनाएको छ ।

इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको समयभित्र संस्थाको केन्द्रीय कार्यालय बाँके, कोहलपुरमा आफूले खरिद गर्न चाहेको शेयर कित्ता र मूल्यसमेत खुलाई आवेदन दिन सक्नेछन्। उक्त समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।