सूर्यज्योति लाइफको नाफा ३३% ले वृद्धि, खुद बीमाशुल्क आर्जन छ अर्ब ५२ करोड

सूर्यज्योति लाइफको नाफा ३३% ले वृद्धि, खुद बीमाशुल्क आर्जन छ अर्ब ५२ करोड



काठमाडौं, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ३३.८९ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले तस्रो त्रैमाससम्म छ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३७.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले चार अर्ब ७३ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत आवमा २२ करोड ६ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवमा बढेर २९ करोड ५४ लाख रुपैयाँ पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी कुल आम्दानी छ अर्ब १६ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर आठ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

चालु आवमा कम्पनीले छ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले चार अर्ब ५९ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३८.६८ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी चार अर्ब ५४ करोड ५५ लाख रुपैयाँ रहेको यस कम्पनीले तेस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा एक अर्ब ६० करोड ७२ लाख, शेयर प्रिमियममा तीन करोड ७२ लाख रुपैयाँ, र महाविपत्ति कोषमा ३४ करोड १७ लाख रुपैयाँ सञ्चिति गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा ३२ अर्ब दुई करोड ७२ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ५६.८९ गुणा र प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ३१ पैसा रहेको छ ।