सपोर्ट लघुवित्तको नाफामा भारी अंकको वृद्धि

सपोर्ट लघुवित्तको नाफामा भारी अंकको वृद्धि


काठमाडौं– सपोर्ट लघुवित्त वित्तीय कम्पनी लिमिटेडको नाफामा भारी अंकको वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ९४.९१ प्रतिशतले बढेर रु. १ करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको नाफा रु.६३ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको नौ महिनाका रु. ६० लाख ३५ हजार रुपैयाँ संचालन नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा यस्तो नाफा १२०.९३ प्रतिशतले बढेर रु. १ करोड ३३ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले बढेर रु. ४ करोड ९१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा रु. ४ करोड ५२ लाख १० हजार रुपैयाँ थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको जगेडा कोष ५८.३२ प्रतिशतले बढेर ५ करोड ७९ लाख ७ हजार रुपैयाँ छ । खराब कर्जा १.७८ प्रतिशत विन्दुले घटेर १.४७ प्रतिशत कायम भएको छ । साथै कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २८ पैसा र प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ८ पैसा छ ।