स्वावलम्बन लघुवित्तको निष्क्रिय कर्जा घट्याे, अन्य सूचक कस्ताे ?

स्वावलम्बन लघुवित्तको निष्क्रिय कर्जा घट्याे, अन्य सूचक कस्ताे ?


काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा सामान्य घटेको छ भने निष्क्रिय कर्जामा सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेकाे तेस्राे त्रैमासिकको वित्तीय विवरणमा निष्क्रिय कर्जामा सुधार देखिएको हाे ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ११ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो खुद नाफा गत आर्थिक वर्षको साेही अवधिको तुलनामा १.३५ प्रतिशतले कमी हो। लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा अहिले १ अर्ब २ करोडमा सीमित भएकाे छ।

कम्पनीले निष्क्रिय कर्जामा सुधार गरेको छ । कुल कर्जामा यस्तो कर्जा ८.६२ प्रतिशत छ, गत आवको यस अवधिमा ९.०१ प्रतिशत थियो । आधार दर १४.५२ प्रतिशत छ भने स्प्रेड दर ६.३७ प्रतिशत छ । कम्पनीको हाल बजार मूल्य प्रतिकित्ता ७३३ रुपैयाँ छ ।

कम्पनीकाे लोन लस प्रोभिजन गत आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ४४ करोड ७६ लाख रुपैयाँ रहेकोमा अहिले ३८ करोड ५७ लाखमा झरेको छ। वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४३ पैसाबाट ११ रुपैयाँ २ पैसामा झरेको छ। चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा रू. ११ करोड ५७ लाख रुपैयाँ छ।