काठमाडौं–नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक वैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत केवाईसी लिने प्रकृया जारी गरेको छ ।
विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेशन डेक्लेरेशन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल मार्फत प्राप्त हुनेछ । केवाईसी सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको छ ।
प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल मार्फत पेश गरे पश्चात् ई–एप्लिकेशन डेक्लेरेशन फर्ममा आवश्यक विवरणहरु भरेर स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसी सम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ । यस भिडियो केवाईसीको सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा कम्पनीले गरेको छ ।
प्रतिक्रिया