काठमाडौं– बुधवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। सोमबार र मंगलबार ३८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधवार ५ सय रुपैयाँले बढेको हो । सुनको मूल्य सोमबार प्रतितोला ११ सय रुपैयाँ र मंगलबार प्रतितोला २७ सय रुपैयाँ घटेको थियो ।
बुधवार छापावाला सुनको मूल्य १ लाख ३६ हजार रुपैयाँ तोकिएको छ। मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
बुधवार चाँदीको मूल्य एक हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । बुधवार चाँदी तोलाको १० रुपैयाँ घटेको हो।
प्रतिक्रिया