त्रिभुवन विमानस्थलमा अवतरण भए कतारका राजा

त्रिभुवन विमानस्थलमा अवतरण भए कतारका राजा


काठमाडौं–कतारका राजा शेख तमिम बिन हमाद अल थानी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । थानी आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन् । कतारका राजाले नेपाल भ्रमण गरेको यो पहिलो पटक हो ।