‘राष्ट्रिय फल’ सुन्तला नौ महिनामा १ अर्ब बढीको आयात

‘राष्ट्रिय फल’ सुन्तला नौ महिनामा १ अर्ब बढीको आयात


काठमाडौं – नौ महिनामा १ अर्ब बढी रुपैयाँको ‘राष्ट्रिय फल’ सुन्तला आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ३५ करोड रुपैयाँको ताजा सुन्तला आयात भएको हो।

सो रकम / परिमाण सुन्तला इजिप्ट, चीन, भारत र दक्षिण अफ्रिकाबाट आयात भएका छन्। यी मुलुकबाट नौ महिनाको अवधिमा १९ हजार मेट्रिक टन फ्रेस सुन्तला आयात गरिएको विभागको तथ्यांकमा उल्लेख छ।

यस्तै, नौ महिनामा तीन लाख रुपैयाँको सुन्तलाको जुस भित्रिएको छ। सो रकम बराबर एक हजार लिटर सुन्तलाकाे जुस भित्रिएको हो। यसबाट सरकारले १ लाख राजस्व संकलन गरेको विभागले जनाएको छ। थाइल्यान्ड, मल्टा, चीन र भारतबाट सुन्तला जुस भित्रिएको विभागको तथ्यांक उल्लेख छ।