जगदम्बा सिमेन्टका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ 

जगदम्बा सिमेन्टका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ 


बैकिङ्ग समाचार ।
शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन्।

मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शंकर ग्रुपका मालिक अग्रवाललाई नक्सालबाट पक्राउ गरेको हो।

उनले तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन्।