काठमाडौं – विभिन्न आयोजना अलपत्र तथा समयमा काम पुरा नगर्ने २९ वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले २९ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो।
कार्यालयले वैशाख ११ गते एक सूचना जारी गर्दै २९ कम्पनीहरूलाई कालोसूचीमा राखेको हो। कार्यालयले एक कम्पनीलाई दुई वर्ष ६ महिना, १२ कम्पनीलाई दुई वर्ष, आठ कम्पनीलाई एक वर्ष ६ महिना, एक कम्पनीलाई एक वर्ष तीन महिना र १२ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा समावेश गरेको छ।




About Us
प्रतिक्रिया