अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडेलमा लाँदा त्रिभुवन र निजगढ एउटै प्याकेजमा समेट्न सुझाव

अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडेलमा लाँदा त्रिभुवन र निजगढ एउटै प्याकेजमा समेट्न सुझाव


काठमाडौं–सरकारले गठन गरेको अध्ययन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई एउटै प्याकेजमा राखेर सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा विकास गर्न सकिने सुझाव दिएको छ । मन्त्रिपरिषद्ले गएको माघमा गठन गरेको समितिले आइतबार प्रतिवेदन उड्डयन मन्त्री हितबहादुर तामाङलाई बुझाएको हो ।

केही नीतिगत व्यवस्था गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पनि सार्वजनिक निजी साझेदारीको ढाँचामा अघि बढाउन सकिने राय दिइएको छ । समितिले त्यसरी विमानस्थलको व्यवस्थापन र निर्माण पीपीपी ढाँचामा गर्दा त्यो जिम्मेवारी पूरा गर्नसक्ने निकाय भने नेपाल सरकारले छान्नुपर्ने सुझाव दिएको छ ।

पर्यटन मन्त्रालयका पूर्व सचिव शङ्करप्रसाद अधिकारी संयोजकत्वमा गठित समितिमा लगानी विज्ञ डा।घनश्याम ओझा, हवाई महाशाखाका तत्कालीन प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव र नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सदस्यमा थिए । दुई वटै विमानस्थल एउटैलाई दिन सकेको अवस्थामा निजगढ निर्माण हुने र काठमाडौं पनि सञ्चालन भइरहने निष्कर्ष निकालेको समिति सदस्य डा. घनश्याम ओझाले बैकिङ्ग जानकारी दिए ।