अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनी

अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनी


काठमाडौं–सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेमेन्ट गेटवे अनियमितता प्रकरणमा गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए । अदालतले सफाइपछि उनको निलम्बन फुकुवा भएको हो । हाल भने अर्थ मन्त्रालयको सचिव कृष्णहरि पुष्कर रहेका छन् ।