कर्मचारी सञ्चयकोषद्वारा ४ अर्ब ५८ करोड मुनाफा वितरण

कर्मचारी सञ्चयकोषद्वारा ४ अर्ब ५८ करोड मुनाफा वितरण


काठमाडौं– कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरूलाई मुनाफा वितरण गरेको छ। कोष सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने भएकाे हाे।

कोषले सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई आर्थिक वर्ष २०७९/८० को व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा १.१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गरेको हो। निर्णय भएसँगै सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्ताको खातामा उक्त रकम जम्मा गरिएको कोषले जनाएको छ।

कोषले आथिक वर्ष २०७९/८० मा सञ्चयकर्तालाई कोष रकमको धितोमा प्रवाह भएको विशेष सापटीमा लगाउने ब्याज र कोष रकममा प्रदान गर्ने ब्याजदरमा १.१० प्रतिशतको फरक रहेकोमा यस मुनाफा विवरण पश्चात सञ्चयकर्तालाई थप ब्याजको भार नपर्ने अवस्था हुन गएको छ। आव २०८०/८१ का लागि कोषमा रहेको रकममा ७.५ प्रतिशतका दरले ब्याज समेत प्रदान भइरहेको छ।