प्रभु हेलिकप्टरका क्याप्टेन निलम्बित

प्रभु हेलिकप्टरका क्याप्टेन निलम्बित


काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका एक क्याप्टेनलाई निलम्बन गरेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ती क्याप्टेनले उडानका दौरान प्रतिबन्धित कार्य गरेको देखिएकाले निलम्बन गरिएको हो ।

प्राधिकरणले घटनाबारे अनुसन्धान गरिरहेको तथा उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको हो ।