अरुण भ्यालीले राख्यो साढे १९ लाख बढी कित्ता हकप्रद शेयर बिक्रीमा

अरुण भ्यालीले राख्यो साढे १९ लाख बढी कित्ता हकप्रद शेयर बिक्रीमा


काठमाडौं–अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले साढे १९ लाख बढी कित्ता हकप्रद शेयर बिक्रीमा राखेको छ ।

कम्पनीले यस अघि हकप्रद शेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण तर्फको १९ लाख ९२ हजार १३४ कित्ता शेयरमा आवेदन नपरेकोले आजदेखि बोलकबोल मार्फत हकप्रद शेयर बिक्रीमा राखेको हो ।

शेयरमा खरिदका लागि सबै व्यक्ति, कम्पनी र संघसंस्थाहरूले वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु. एक रुपैयाँ तोकिएको छ ।