मल्टीपर्पस फाइनान्सको साढे २ लाख कित्ता शेयर बिक्रीमा

मल्टीपर्पस फाइनान्सको साढे २ लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं–मल्टीपर्पस फाइनान्स कम्पनीले साढे २ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । कम्पनीले युनाइटेड अयोज इन्स्योरेन्सको नाममा रहेको २ लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा राखेको हो।

विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र बिक्रीमा राखिएको सो शेयर खरिदका लागि ३५ दिनभित्र खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले संस्थाको कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको कित्ता शेयर खुलाई निवेदन दिनुपर्नेछ। संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।