सोमबार सुनको मूल्य ११ सय रूपैयाँले घट्याे

सोमबार सुनको मूल्य ११ सय रूपैयाँले घट्याे


काठमाडौं – आज (सोमबार) नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै , चाँदीको मूल्य ताेलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।