विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीमा अख्तियार


काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।

विकलउपर अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप छ । सोही आरोपमा अख्तियारले उनीविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो ।

उनले मुद्रण केन्द्रमा रहँदा अनियमितता गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपको भ्रष्टाचार मुद्दा विशेष अदालतमा अझै विचाराधीन अवस्थामा छ । सोही मुद्दाबमोजिम उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान पनि गरिरहेको छ ।