कोरोना संकटमा भारतीय अर्थमन्त्रीका ८ घोषणाः जनतालाई खाद्यान्यदेखि सञ्चय कोषसम्मको प्याकेज 

कोरोना संकटमा भारतीय अर्थमन्त्रीका ८ घोषणाः जनतालाई खाद्यान्यदेखि सञ्चय कोषसम्मको प्याकेज 


बैकिङ्ग समाचार । 

कोरोना रोगसँग लड्नका लागि भारत सरकारले आफ्ना नागरिकका लागि विशेष प्याकेजको घोषणा गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले गरीब, मजदुर, बसाई सरेका कामदार, किसान तथा महिलाको लागि १।७० लाख करोड भारतीय रुपैयाँको राहत प्याकेज घोषणा गरेकी छिन्।

सो राहत प्याकेको नाम प्रधामन्त्री गरीब कल्याण प्याकेज रहेको छ। कोरोना संक्रमणका लागि लिएको लकडानको निर्णयमा बढी प्रभावित हुनसक्ने समुदायका लागि अथमन्त्रीले ल्याएका योजनाहरु बुँदागत रुपमा रहेका छन्।

सरकारले ८० करोड भन्दा धेरै रासनकार्ड धारकलाई आगामी ३ महिनासम्मका लागि ५ किलो चामल वा गहूँ र प्रति परिवार एक किलो दाल निशुल्क दिने निर्णय गरेको छ । यो खाद्यन्न रासन कार्ड आधारमा पाइने भन्दा अलग रहनेछ।

प्रधानमन्त्री किसान योजना अन्तर्गत ८.७० लाख किसानका बैंक खातामा प्रति किसान २ हजार भारतीय रुपैयाँका दर अप्रिल महिना अघि नै किस्ता जम्मा गराईदिने निर्णय गरेको छ ।

भारतीय सरकारले गरीब मजदुरलाई राहत दैनिक मिल्ने ज्यालमा २० भारुका दरले बढाएको छ । आगामी दिनदेखि भारतीय मजदुरलाई प्रतिदिन २०२ भारु दिइनेछ । यो व्यवस्थाले ५ करोड परिवालाई फाइदा पुग्नेछ । त्यसका साथै यसले करिब २ हजार रुपैयाँले आम्दानी बढ्नेछ ।

अर्थमन्त्रीले आगामी तीन महिनाका लागि कर्मचारीहरुको कर्मचारी सञ्चय कोष वापतको २४ प्रतिशत रकम जम्मा गरीदिने निर्णय गरेको जानकारी दिएकी छिन् । यो व्यवस्था १०० भन्दा धेरै कर्मचारी भएका कम्पनीका लागि मात्र लागू हुनेछ । यसरी १ हजार भन्दा धेरै कर्मचारी भएका कम्पनीमा पनि ९० प्रतिशत भन्दा धेरै कर्मचारीको प्रति महिनाको आम्दानी १५ हजार भारु भन्दा थोरै भएको हुनुपर्छ । त्यसका साथै सरकारले कर्मचारीहरुले आफ्नो सञ्चय कोष खाता मार्फत ७५ प्रतिशत रकम फिर्ता गर्नु नपर्ने गरी झिक्न पाउनेछन्। यो व्यवस्थामा प्रति कर्मचारीले तीन महिनाको तलबभन्दा धेरै हुने गरी झिक्न भने पाउने छैनन्।

अर्थमन्त्रीले गरीब वृद्धा, गरीब विधवा तथा गरीब अपाङगलाई कोरोना संकटका कारण झन् समस्या नहोस भनेर आगामी तीन महिनाका लागि एक हजार भारतीय रुपैयाँ बढी मिल्ने ब्यवस्था गरेको बताएकी छन्। यो पनि सम्बन्धित व्यक्तिको बैंक खातामा जानेछ ।

तीन साताब्यापी भोषणा भएको भारतमा अहिले पनि लकडाउन जारी छ । यो लकडाउन पछिका केही महिनासम्मका लागि स्वच्छ इन्धनको व्यवस्था हुनेछ । यसका लागि अर्थमन्त्रीले उज्जवला स्कीममा धेरै परिमार्जित गरेकी छिन्। यसका साथै आगामी तीन महिनाका लागि निशुल्क ग्यास सिलिण्डर दिने पनि घोषणा गरेकी छिन् । यो घोषणाले देशका ८ करोड परीवारको लागि फाइदाजनक हुनेछ ।

त्यसैगरी भारतीय सरकारले कोरोना संकटको समयमा जुध्न करिब २०।५ करोड महिलाका खातावालाका लागि आगामी तीन महिनासम्मका लागि प्रति महिना ५०० रुपैयाँ दिने घोषणा गरेकी छिन् । त्यसका साथै सरकाले सामुहिक जमानीमा दिने गरेको १० लाख कर्जाको सीमा बढाएर २० लाख रुपैयाँ पुर्याएको छ ।

त्यसका साथै अर्थमन्त्रीले कोरोना कारियर्सको लागि पनि ५० लाख भारतीय रुपैयाँ बराबरको इन्स्योरेन्स पनि रहेको छ । आफ्नो शरीरलाई दाउमा लगाएर आम जनताको सुरक्षका लागि काम गर्ने स्वस्थ्य क्षेत्रका सबै स्वस्थ्यकर्मीकको सरकारले ५० लाख भारतीय रुपैयाँ बराबरको बीमा गर्ने घोषणा गरेको हो ।