पर्यटन बोर्डको सीईओका लागि २० जनाकाे आवेदन 

पर्यटन बोर्डको सीईओका लागि २० जनाकाे आवेदन 


काठमाडौं –  नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पूर्व दुई सीइओसहित २० जनाको आवेदन परेको छ । पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले १२ दिन अगाडि मागेको आवेदनमा बिहीबारसम्म आवेदन दिने समय तोकिएको थियो । 

सीइओका लागि आवेदन दिनेहरूमा  पूर्व अध्यक्ष दीपकराज जोशी र पूर्व सीईओ डा. धनञ्जय रेग्मी पनि रहेका छन् । त्यस्तै, अन्य आवेदकहरुमा राजाराम गिरी, श्रद्धा श्रेष्ठ, लक्ष्मण गौतम, ठाकुरप्रसाद देवकोटा, हिक्मतसिंह ऐर, विजय नेपाल, पदम बम, राजाराम केसी, नवीन पोखरेल, ज्ञानिन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, सन्तोष थापा, ज्ञानेन्द्र अधिकारी, चक्शुविक्रम मल्ल, दीपक बस्ताकोटी, कमल ढोडारी र रामचन्द्र सेढाईं छन् । 

रेग्मीको कार्यकाल सकिएसँगै  गत माघ १४ गतेदेखि बोर्ड नेतृत्वविहीन बनेको छ। नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ अनुसार अघि बढेको सीईओ नियुक्त प्रक्रियामा स्नातकोत्तर उत्तीर्ण गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको व्यक्तिले सीईओ लागि आवेदन दिन योग्य हुनेछन् ।