सुनको मूल्य तोलामा ७ सयले बढ्यो, काराेबार रकम कति ?

सुनको मूल्य तोलामा ७ सयले बढ्यो, काराेबार रकम कति ?


काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो। मूल्य बढेसँगै बिहिबार छापावाल प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रति तोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज तेजाबी  सुनको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।