विमानमा भेटियो एक किलो बढी सुन

विमानमा भेटियो एक किलो बढी सुन


काठमाडौैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको विमानमा एक किलो भन्दा धेरै सुन बरामद भएको छ। बिहीबार नयाँदिल्लीबाट आएको इन्डिगो एयरको विमानमा बेवारिसे अवस्था एक किलो ७० ग्राम सुन बरामद भएकाे हाे।

सिटको पछाडीको भागमा लुकाएर राखेको अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ। विस्कुट र गहनासहितको सुन बरामद भएको र त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।