काठमाडौं– मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६१ किलो सुन प्रकरणमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट डिफ्यूजन नोटिस जारी भएकाे छ।
फरार रहेका व्यवसायी चलाउनेविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । त्रिभुवन विमानस्थलमा ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६१ किलो अवैध सुन तस्करी भएको घटनामा उनी पनि जोडिएका थिए ।
यस प्रकरणको छानबिन पहिला राजश्व अनुसन्धान विभाग र पछि सीआईबीले गरेको थियो । पहिला एक क्विन्टलभन्दा बढी सुन पक्राउ परेको भनिए पनि खारेर जोख्दा ६० किलोभन्दा केही बढी मात्रै पाइएकाे थियो । यस प्रकरणमा चलाउनेसहित २९ जनालाई प्रतिवादी बनाएर सुन चोरी पैठारी र संगठित अपराधमा सीआईबीले मुद्दा दर्ता गरेको छ।
प्रतिक्रिया