सन् २०२३ मा पर्यटकको औसत बसाइमा सामान्य वृद्धि

सन् २०२३ मा पर्यटकको औसत बसाइमा सामान्य वृद्धि


काठमाडौं – सन् २०२३ मा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यासँगै औसत बसाइ पनि लम्बिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकानुसार, नेपालमा नेपालमा एक जना पर्यटकको औसत बसाइ १३.२ दिन रहेको छ ।

सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल आएका थिए । उनीहरू नेपालमा औसत १३.२ दिन बसेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार यो संख्या सन् २०२२ को तुलनामा सामान्य बढी हो । सन् २०२२ मा औसत बसाइ १३.१ दिन रहेको थियो ।सन् २०२२ को तुलनामा पर्यटक आगमन ६५.०५ प्रतिशतले बढेको थियो । सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना पर्यटक आएका थिए ।

कोरोना महामारीका बेला कम पर्यटक आएपनि पर्यटकको बसाइ अवधि भने बढी थियो । सन् २०२० मा १५.१ दिन र सन् २०२१ मा १५.५ दिन बसाइ अवधि थियो । त्यसअगाडि धेरै पर्यटक आएको वर्ष सन् २०१९ मा १२.७ दिन औसत प्रति पर्यटक बसाइ अवधि थियो । त्यस्तै, सन् २०१८ मा १२.४ र सन् २०१७ मा १२.४ रहेको थियो ।