सहकारी ठगी प्रकरण: नन्दबहादुर पुनको छोरा र गृहमन्त्री लामिछानेकाे बयान मिल्दाेजुल्दाे

सहकारी ठगी प्रकरण: नन्दबहादुर पुनको छोरा र गृहमन्त्री लामिछानेकाे बयान मिल्दाेजुल्दाे


काठमाडौं – सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले बयान दिएका छन्। पुनले आफूले सहकारीबाट कारोबार नगरेको दाबी गर्दै आफ्नो नामबाट कसले कारोबार गर्‍यो भन्ने विषयमा जानकारी समेत नभएको बयान दिएका हुन्।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका पुनले मंगलबार दिएकाे बयान र गृहमन्त्री रवि लामिछानेले दिएको बयान मिलेकाे छ। गृहमन्त्री लामिछानेले पनि सार्वजनिक रूपमा करोड रुपैयाँ आफ्नो नामबाट कारोबार भएको देखिएको भएपनि आफूलाई जानकारी नभएको बताउँदै आएका छन्।

पुनले पनि गृहमन्त्री लामिछानेले जस्तै बयान दिएका हुन्। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले मंगलबार पुनसहित तीनजनाकाे बयान लिएकाे थियाे ।

सो प्रकरणमा नीता थापा मगर, दीपक न्यौपाने र रोशनी गुरुङ पनि पक्राउ परेका छन् । ओखलढुङ्गा घर भएका गीतेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलले उक्त मुद्दामा रू. १ अर्ब २ करोड रुपैयाँ माग दाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको थियो ।