डिशहोम मिसन ८१ : एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका

डिशहोम मिसन ८१ : एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका


काठमाडौं– नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन्।

डिशहोम मिसन ८१ मा डिशहोमका ग्राहकहरुले मात्र रु. तीन हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै वेसिक प्लसको रु. तीन हजार पाँच सय, र प्रिमियम लाईफस्टाईलको रु. चार हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।