काठमाडौं–सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि १०.२६ प्रतिशत बोनस शेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि वैशाख ७ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनी मात्रै लाभांश प्राप्त गर्न सभामा सहभागी हुन पाउनेछन् । सभा आगामी वैशाख २१ गते विराटनगरको होटल हैरिसन प्यालेस बिहान १० बजे शुरु हुनेछ ।



About Us
प्रतिक्रिया