अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने


काठमाडौं–अभियान लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । वैशाख ५ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यसका लागि कम्पनीले नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।