शुक्रबार मनकामना केबलकार बन्द हुने

शुक्रबार मनकामना केबलकार बन्द हुने


काठमाडौं– शुक्रबार (भोलि) मनकामना केबलकार बन्द हुने भएको छ । केबलकार आकस्मिक मर्मत सम्भारका लागि बन्द हुने भएको हो। मर्मत सम्भारपछि वैशाख ८ गते शनिबारदेखि केबलकार पुन: सुचारु हुने प्रालिले जनाएको छ ।

शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको छ ।