हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरण : पक्राउ परेका तीनै जना छुटे

हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरण : पक्राउ परेका तीनै जना छुटे


काठमाडौं – हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका तीनै जना सञ्चालक छुटेका छन्। सहकारी पीडित उजुरीकर्ताको रकम फिर्ता गरेसँगै उनीहरू छुटेका हुन् ।

रकम फिर्तापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रायअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो ।

मुद्दा नचल्ने भएसँगै पक्राउ परेका हाम्रो नयाँ कृषि सहकारी उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक नविन अछामी थुनामुक्त भएका हुन् ।